एमालेले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक चल्न नदिने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको बिहीबार दिउँसो १ बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ ।

क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने निर्णय भएको देवेन्द्र दाहालले जनाकारी दिए ।

राजश्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।