वचत फिर्ता माग्दै काठमाडौंंमा सर्वसाधारणकाे प्रदर्शन

दियो पोस्ट  

काठमाडौं । विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।

माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

वचतकर्ताको प्रदर्शनमा बिजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न राेक्ने क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।