
काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देश तथा कुटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधबार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाईपछि अनुमोदन गर्ने वा नगर्ने निर्णय लिन सुनुवाइ समितिको बैठक बसिरहेको छ। समितिले आजै निर्णय दिने बताइएको छ। गत असार २६ गते मन्त्रिपरिषद बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।