पहिरोले घर पुरिँदा दोलखामा एक बालकको मृत्यु, ३ जना बेपत्ता

दियोपोस्ट संवाददाता

दोलखा । पहिरोले घर पुरिँदा दोलखामा एक बालकको मृत्यु भएको छ भने जना ३ जना बेपत्ता भएका छन् ।

जिल्लाको गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति खसेको पहिरोले टोपबहादुर थामीको घर पुरिँदा उनका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो।

पहिरोले दुई घर पुरिएको र ६ वटा घरमा क्षति पुर्‍याएको  प्रहरीले जानकारी दिए ।

पहिरोमा पुरिएर ३ जना बेपत्ता छन् भने ३ जना घाइते भएका छन्। साेही गाउँपालिका–७ का ६० वर्षीय कृष्णबहादुर मगर, उनकी श्रीमती ५० वर्षीया देवी माया मगर र ४९ वर्षीय हरिलाल श्रेष्ठ बेपत्ता रहेको प्रहरीले जनाएको छ।

घाइते भएका अन्य ३ जना टोपाटारका ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीय धनमाया थामी र बुहारी २२ वर्षीया सिता थामीलाई उपचारका लागि सिंगटी पठाइएको छ।

मृत्यु हुने बालक स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नाति रहेकाे प्र.जि.अ धमलाले बताए । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

 

सम्बन्धित खबर

सिफारिस