पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा उपचारका लागि रिहा

दियोपोस्ट संवाददाता

काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ ।

उनी घाँटीको क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा उपचारका लागि रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको उनले बताए ।

भन्सारबाट जाँच पास भएपछिमात्र भन्सार एजेन्टको भूमिका हुन्छ । यद्यपी भन्सार एजेन्टलाई कार्गोभित्र के सामान छ भन्ने कुरा सबै थाहा हुँदैन । उनी यस कार्यमा संलग्न भएको वा नभएको भने टुंगो भएको छैन ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

सम्बन्धित खबर

सिफारिस