
काठमाडौँ । द्वन्द्व पीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन भएको छ।
उनीहरुले शुक्रवार काठमाडौँ जिल्ला प्रशासन कार्यालय छेउमा सो ऐन तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् ।
उनीहरूले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन्।
बिहीबार काठमाडौंमा उनीहरूले द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चत गर, दण्डहीनताको अन्त्य गर भन्दे माग गरेका हुन् ।
उनीहरूले विश्वसनीय र पारदर्शी प्रक्रियाबाट स्वतन्त्र, सक्षम र विश्वसनीय आयोग गठन गर्न पनि माग गरेका छन् ।
उनीहरूले सशस्त्र द्वन्द्वका पीडित व्यक्ति तथा परिवारको पहिचानको लागि प्रभावकारी परिचयपत्र प्रदान गर्न माग गरेका छन् ।

