सामाखुसीस्थित बाढीमा बेपत्ता भएका बालकको शव फेला

दियो पोस्ट  

काठमाडौं । सामाखुसीस्थित बाढीमा बेपत्ता भएका बालकको शव फेला परेको छ ।

दक्षिणकाली नगरपालिका–७ भुल्का गतेरीस्थित बाग्मती खोलाको किनारमा मनोज मगरको छोरा १३ वर्षीय साजन मगरको लावारिस अवस्थामा शव फेला परेको हो ।

उनी भोजपुर चम्के घर भई हाल सामाखुसी बस्दै आएका थिए । उनी भानुभक्त ममोरियल स्कूल कक्षा ६ मा अध्यनरत थिए ।

गत साउन ७ गते काठमाडौं महानगरपालिका–३ रानीबारी २ नम्बर गेट नजिक रानीबारी खोलाले बगाएर बेपत्ता भएका उनको प्रहरी टोलीले खोजी गर्ने क्रममा १० दिनपछि बिहीबार शव फेला परेको हो ।