माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने घोषण

दियो पोस्ट  

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने निर्णय लिएको हो ।

पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटामा आफू पनि पुग्ने बताए । त्यहाँ गएर उनले जनताको एउटा घर पनि नछाडि जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने, नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने, अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुने, सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुने केन्द्रीय सदस्य राजन दाहालले भने

दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए ।