संसदीय समितिको भागबण्डा मिल्यो, रास्वपा र राप्रपाले पाएनन्

दियो पोस्ट  

काठमाडौं । सत्ता पक्षले संसदीय समितिको भागबण्डा मिलाएको छ। नेकपा (माओवादी केन्द्र)को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन्।

उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व परेको छ।

सत्ता र प्रमुख प्रतिपक्षी दलले समितिको सभापतिको नेतृत्व गर्ने सहमति भएपनि प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट राप्रपाको भएकोले पाएनन् ।

सभापतिको भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउने भएको छ । समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच बाँडफाँटमा कुरा नमिल्दा समितिले सभापति पाउन सकेको थिएन । तर, सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दै आएका थिए ।