काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो ।
सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने बताइन् ।
यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने बताइन्।
एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि हटेनन्।
अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्दा पनि नमानेपछि उनले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।
यता प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गर्दै आइरहेको छ।