शीर्ष नेताको बैठक ४ बजेलाई सूचना टाँसेर सरियाे

दियो पोस्ट  

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।

सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको छ ।

दिउँसो १ बजे बसेको शीर्ष नेताहरूको बैठकमा सदन सञ्चालन गर्ने विषयमा सबै नेताहरू सैद्धान्तिक रुपमा सहमत भए पनि यसबारे ठोस निर्णय नभएका कारणले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको हाे ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।