प्रतिनिधिसभा बैठक बिना सहमतिमै भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

दियो पोस्ट  

काठमाडौँ । प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो।

बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।