संसदको अवरोध खुलाउन शीर्ष नेताहरु फेरि छलफलमा

दियो पोस्ट  

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतकहरु सहभागी छन् ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौँ बैठकहरू निष्कर्षमा निस्कन सकेका छैनन् । आज अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।