रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटना

दियो पोस्ट  

काठमाडौं । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ।

त्रिवेणी गाउँपालिका–७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा मंगलबार दिउँसो १ बजे बस दुर्घटनामा परेको हो ।

रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएको र घाइते मध्ये ३ जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको उनले बताए।

दुर्घटना हुनासाथ फरार रहेका चालक दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको खबर आएको डिएसपी मगरले बताए।
वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।