राेल्पा बस दुर्घटना अपडेटः मृत्यु हुनेकाे सङख्या ४ पुग्याे

दियो पोस्ट  

काठमाडौं । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा मंगलबार दिउँसो १ बजे बस दुर्घटना भएकाे हाे ।  उक्त दुर्घटनामा परी ४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएका छन् ।

रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना एक जना बालक भने भेटिएको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । साथै मृतकको पहिचान हुन बाँकी छ ।