सिन्धुपाल्चोकको ईन्द्रावतीमा अवैध बालुवा तस्करी : समन्वयका अधयक्ष श्रेष्ठकै सेटिङ

दियोपोस्ट संवाददाता

निरोज चौलागाईं

काठमाडौं । वर्षा याममा नदि जन्य निर्माण सामाग्री उत्खननमा सरकारले रोक लगाएपनी सिन्धुपाल्चोकमा भने जिल्ला समन्वय समितिको सेटिङमा बालुवा तस्करी हुने गरेको पाइएको छ । सरकारले बर्षातको समयमा अर्थात असार १ देखि भदौ मसान्तसम्म नदि नालामा स्काभेटर प्रयोगमा रोक लगाएपनि सिन्धुपाल्चोकमा भने, खुलेआम दिनदहाडै बालुवा तस्करी हुने गरेको प्रमाण भेटिएको हो ।

सरकारले बनाएको कानुन पालन गर्नुपर्ने दायित्व बोकेको जिल्ला समन्वय समितीका अध्यक्षकै बालकृष्ण श्रेष्ठ सेटिङमा बालुवा निकाल्ने काम भइरहेको बुझिएको छ । अनुगमन र त्यसलाई नियन्त्रण गर्ने प्रमुख दायित्व अध्यक्ष श्रेष्ठकै हो । उनको सेटिङ र सहयोगका आधारमा बिना ईन्द्रावती नदिको जामुनेमा मध्य दिनमानै स्काभेटर प्रयोग भइरहेको छ । केही दिन अगाडी अनुगमनको नाटक गरेका उनले त्यही रात झन्डै १ सय २० ट्रिपर बालुवा निकालिएको स्थानीयले दियोपोस्टलाई बताए ।

उनले नदिमा अबैध बालुवा निकाल्नेसँग साठगाठ गरि गोप्य तरिकाले भेट्ने गरेको पाइएको छ । उनको सहयोग र सेटिङ बिना यसरी नदिमा स्काभेटर हाल्ने हिम्मत बालुवा तस्कर गर्नेहरुले सक्दैनन् । नदिमा दिउँसो मेसिन प्रयोग गरेर बालुवा निकाले १ लाख र ट्रीपर प्रयोग गरे ३० हजार जरिवाना तिर्नुपर्ने कानुनी प्राबधान छ । रातीको समय दोब्बर तिर्नुपर्ने नियम छ । यी प्रावधानलाई हेर्दा उनीहरुले नदिमा मेसिन प्रयोग गर्न सक्दैनन् । तर समन्वय समिति अध्यक्ष श्रेष्ठको आडमा सबै यो हुनेगरेको स्थानीयको आरोप छ ।

बर्षातको समयमा स्काभेटर,जेसिबी, ट्रिपर लगायतका सवारी साधन प्रयोग गर्न नपाइने कानुनी प्रावधानलाई लत्याउदै अध्यक्ष श्रेष्ठले पदको दुरुपयोग गर्दै बालुवा तस्करीलाइ सरंक्षण गरेका हुन् ।

चौतारा सागाचोकगढि नगरपालिकाको ११ नम्बरमा पर्ने तल्लो भिमटारको जामुनेमा तीन वटा स्काभेटर प्रयोग हुँदै आएको छ । स्थानीय शंकर माझीले बालुवा निकाल्ने काम भएको स्वीकार गरे । उनले भने, ‘हामीले मात्रै निकालेको होइन अरुले पनि निकाल्ने काम गरेको छ, हामीले माथीबाट सहयोग लिएर गरेका हौ, त्यसैले निकाल्न लागेको हो, तपाईहरुलाइ के टाउको दुखाइ भयो’ उनले निर्धक्कसँग दियोपोस्टलाई जवाफ दिए ।

दियो पोस्टले सोधेको प्रश्नमा अनिल माझीले भने, नदिमा भएको सबै दोहन नियन्त्रण गर्नुस तपाईंलाई फुलमाला लगाएर पठाउछौ, उनले हासो गर्दै जवाफ दिए।

त्यसो त उनीहरु भन्छन, ‘हामीलाई सबै सूचना प्रहरीले दिन्छ, गत साता स्थानीयले प्रहरीलाई दिउँसो नै नदिमा मेसिन हालिएको छ यसलाई नियन्त्रण गर्नु प¥यो भन्दै स्थानीयले फोन गर्दा प्रहरी चौकी सागाचोकले हामीले त्यो हेर्न नभ्याउने भन्दै जवाफ दिएको स्थानीयको गुनासो छ ।

इन्द्रावती नदिमा बालुवा निकाल्ने इलाका प्रहरी चौकी साँगाचोक र बन्देउ चेकपोस्टको पर्छ । तर उनीहरु खुलेआम बालुवा निकाल्न सहयोग गरिरहेका छन् । सागचोकमा सइ मनोज यादव छन भने, बन्देउमा तुलसी पोखरेल छन् । उनीहरु बालुवा निकाल्न थालेपछि चौकीमा काम छ भन्दै पन्छिने गरेका छन् ।
इन्द्रावती नदीको तल्लो भिमटारको जामुने मा दिनहुँ स्काभेटर प्रयोग गर्दै बालुवा निकाल्ने काम भइरहेको छ । जामुनेका स्थानीय भन्छन्, ‘यहाँ बालुवा निकाल्न अबैध स्काभेटर प्रयोग गरिएको छ, बालुवा तस्करी गर्नेहरुले जामुनेका केही स्थानीयलाई सूचना लिनको लागि बाटो बाटोमा खटाएका छन् ।’
कोही नयाँ व्यक्ति आउदाँ पिछा गर्ने समेत गरेको ती स्थानीयको भनाइ छ । समन्वय समितिले दिउँसो अनुगमन गर्ने तर अनुगमन गर्दा प्रहरीले सुराक दिएर उनीहरुलाई भगाउने काम गरेको स्थानीयको आरोप छ ।

भिडियाे हेर्नुहाेस्

 

सम्बन्धित खबर

सिफारिस