
काठमाडौं । महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ। जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
अनिताका छिमेकी समेत रहेका पञ्चेश्वर–४ को वडा कार्यालयका कर्मचारी प्रेम बहादुर चन्दका अनुसार अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।
अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा अहिले पनि महिला तथा किशोरीहरु गोठमा सुत्ने गर्छन्।
महिनावीका बेला गोठमा सुतेका कारण सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको घटनाबारे भने प्रहरीले अनविज्ञता प्रकट गरेको छ।