खाँदबारी कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा २ जनाको मृत्यु

दियो पोस्ट  

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मादी नगरपालिका–५, संखुवासभाका का १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका–७ नुवाकोटका का २८ वर्षीय आकाश बलामी रहेका छ्न ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आज बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर भित्रै राखिएको थियो ।

आकाश चोरी ३ वर्षको कैद भुक्तानी र विनोद जबर्जस्ती करणी मुद्दामा १८ वर्ष सजाय भोगिरहेका थिए । नियन्त्रणमा लिएर कारागारमा राखिएका कैदीबन्दी अकास्मात् अचेत भेटिनु शंकास्पद रहेको उनले बताए।

कारागारभित्र रहेका कैदीबन्दीले उनीहरू अचेत अवस्थामा भएको सूचना दिएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याइएको डेढ घन्टामा दुबै जनाको मृत्यु भएको प्रहरीले बताए ।

‘कैदीबन्दी जेलभित्रै अचेत भेटिनु आफैंमा शंकास्पद कुरा हो, छानबिनपछि थाहा होला,’ उनले भने।