पोखरा बसपार्कबाट २८ तोला सुनसहित एक महिला पक्राउ

दियोपोस्ट संवाददाता

पोखरा । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापा बिर्तमोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीय कल्पना गुरुङ रहेकी छिन् ।

उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसबाट पोखरा गएकी थिइन्। उनलाई बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट २८० ग्राम २८ मिलिग्रामको सुनसहित  प्रहरीले पक्राउ गरिएको हो ।

उनले सुन लिएर आएको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा खटिएको टोलीले जाचँ गर्ने क्रममा उनले छातीमा सेतो टेपले बेरेर ब्राभित्र लुकाएर राखेको अवस्थामा सुनसहित पक्राउ गरेको हो ।

उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित खबर

सिफारिस