युके बस्दै आएकी युवतीसँग टिकटकमार्फत् चिनजान, काठमाडौं बोलाएर बलात्कार

दियो पोस्ट  

काठमाडौं– युके (बेलायत) बसेकी युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको छ। उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान भएपछि विवाह गर्ने भन्दै काठमाडौं बोलाएर एअरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित हिमालय होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। सो घटना गत असार ३१ गतेको हो ।

युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेपश्चात प्रहरी टोली आएर बिजेन्द्रलाई पक्राउ गरेका थिए ।

बलात्कारपछि कतै नभन्नु भन्दै आफूमाथि धम्की र कुटपिट समेत भएको युवतीले प्रहरीसमक्ष बयान दिएकी छिन्