प्याब्सनद्वारा विद्यालय शिक्षा विधेयकविरुद्ध प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनब्याब्सन र हिसानले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले नियोजनमुखी विधेयक तत्काल खारेज हुनुपर्ने, शिक्षामा समान अवसर, अवसरमा समान पहुँच हुनुपर्ने, सामुदायिक शिक्षा सुधार्न र निजी शिक्षा नबिगार्न माग गरिएका लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

‘हिजो कम्पनी भन्यौँ मान्यौँ, कर भन्यौँ तिर्‍योँ,  छात्रवृत्ति खाेस्याैँ, कर्मचारिका छोरा/छोरी राक्यौँ, ऋण तिरेर कम्पनी बुझाउन मान्दैनौँ मान्दैनौँ’, ‘उच्च शिक्षा त ध्वस्त भयो अब के विद्यालय शिक्षा पनि सक्ने हो ? जवाफ देऊ सरकार’ भन्दै प्रदर्शन गरेका छन् ।

संस्थागत विद्यालयहरु गुठीमा रुपान्तरण गर्नुअघि त्यस्ता विद्यालयले अनिवार्य रुपमा दायित्व फरफारक गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्था निजी विद्यालयको हित विपरित रहेकोले प्याब्सन केन्द्रीय कार्यसमितिद्वारा घोषित राष्ट्रव्यापी आन्दोलन प्रदर्शन गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस