नेल्सन मन्डेला लिडरसिप अर्वाडः २०२३ का लागि सुनकोशीका गाउँपालिकाका अध्यक्ष तामाङ छनोट

दियोपोस्ट संवाददाता

काठमाडौं । नेल्सन मन्डेला लिडरसिप अर्वाड २०२३ का लागि नेपालको तर्फबाट ओखलढुंगा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ छनोट भएका छन् । आगमी सेप्टेम्बर २७ मा इङल्याण्डमा हुन गइरहेको नेल्सन मन्डेला लिडरसिप अर्वाड २०२३ का लागि नेपालको तर्फबाट ओखलढुंगा सुनकोशी गाउँपालिकाका अध्यक्ष तामङ पहिलो नम्बरमा छनोटमा भएका हुन् ।

एनआरआई वेलफर सोसाइटी अफ इन्डिया नामक संस्थाले आउँदो असोज १० अर्थात सेप्टेम्बर २७ मा द ग्लोबल पिस सम्मिट इन युनिभर्सिटी अफ अक्सर्फोड इङल्याण्डमा हुनेछ ।

देशभरका स्थानिय सरकार प्रमुखहरूमध्ये उनलाई छनोट गरेको सुनकोशी गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत राम कुमार कार्कीले बताए ।

वैदेशिक रोजगार संघका पूर्व अध्यक्ष नेपाली कांग्रेसका जिल्ला उपसभापति तामाङ दैवी प्रकोप तथा विपत व्यवस्थापन, विदेशमा अलपत्र परेका नागरिकको उद्धार, कोभिड महामारीको समयमा घरघरमा पुगेर राहत वितरण कार्यमा सक्रिय रहेकाले उक्त संस्थाको रोजाइमा परेका हुन् ।

जनप्रतिनिधी बनेपछी आफुले पाउने सेवा सुविधाबापतको रकम सामुदायिक विद्यालयहरुलाई सहयोग गरेर स्थानिय तहमा चर्चा कमाएका तामाङले आगमी सेप्टेम्बर २७ मा इङल्याण्ड पुगी उक्त अर्वाड ग्रहण गर्नेछन् ।

 

 

सम्बन्धित खबर

सिफारिस