काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ली जियालिन र लिउ फुयान रहेका छन् ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई त्रिभुवन विमानस्थलमा खटिएको अध्यागमन कार्यालय प्रहरी टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाइएको छ ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।