नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप २ जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो

दियो पोस्ट  

काठमाडौैं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले ५ जनालाई पक्राउ गरेको थियो ।