काठमाडौं । संखुवासभा जिल्ला कारागारमा २ कैदीको मृत्युको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ ।
घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए ।
मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानबिन समितिमा रहेका एक सदस्यका अनुसार सिसिटिभीमा केही प्रहरीहरूले कैदीबन्दीलाई लछारपछार र कुटपिट गरेको दृश्य भेटाएपछि सम्बन्धित प्रहरीमाथि सोधपुछ र अनुसन्धान भइरहेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कँडेलका अनुसार शुक्रबार साँझसम्म ठोस विवरण खुल्ने बताएका छन् । पक्राउ परेका प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखिएको छ।
अन्य कैदीबन्दीहरूकै आरोपमा ९ जना कैदीबन्दीलाई पनि नियन्त्रणमा लिएको थियो र उनीहरूलाई छुट्टै कारागारमा राखि घटनाबारे अनुसन्धान गरिरहेकाे छ ।