सिंचाइ विभागमा तालाबन्दी गरेर धर्ना बस्न गएका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
उनीहरूले सडक विभागमा पनि तालाबन्दी गरेका थिए ।

जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो।

बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् ।