राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा गृहमन्त्री जानु अनौठो हाे: अध्यक्ष ओली

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्।

एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने, ‘उहाँले आफैं राजीनामा गर्नुपर्ने हो ।’

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए।

उनले भने, ‘गृहमन्त्रीले राजीनामा गर्नबाहेक रोष्ट्रममा जानु हुँदैन। यो त असफलता हो। चुरोट भनेर ल्यायो सुन हुन्छ। सुन भन्यो राखेको ठाउँबाट चोरी हुन्छ। एउटा कम्पनीले मात्रै क्विन्टलका क्विन्टल सुन ल्याएको छ।’

उनले भने, ‘एउटा मात्रै माध्यमबाट क्विन्टलका क्विन्टल सुन ल्याएको छ। यस्तो कम्पनी कसरी आएको छ। त्यसको मान्छेलाई नागरिकता कसले दियो रु त्यो सिफारिसको प्रतिवेदन कहाँ छ रु त्यो गायब छ।’