‘नक्कली डाक्टर’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव थुना मुक्त

दियो पोस्ट  

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादव थुनाबाट मुक्त भएका छन् ।

मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई पठाएपछि उनलाई छोडिएको हो ।

प्रहरीले एउटै नाम गरेका दुई डाक्टर रहेकाले त्रुटी हुन पुगेको बताएको छ। प्रहरीले त्यही नाम गरेका नक्कली डाक्टरको खोजी गरिरहेको छ।