ललिता निवास प्रकरणको छानबिनमा मेरो पूर्ण सहयोग रहने छ : माधवकुमार नेपाल

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन् ।

युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले गल्ती नगरेको दाबी गरेका छन् ।

‘कसै कसैले त माधव नेपाल भाग्यो भन्ने लेखे। माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नु पर्दथ्यो। गोली चल्ने बेला, गोली खाने बेला त नभाग्ने मान्छे। बदमासी र कुनै अपराध नगर्दाखेरी तर्सिएर भाग्ने मान्छे माधव नेपाल होइन,’ नेपालले भने ।

उनले ललिता निवास प्रकरणमा छानबिन हुनुपर्ने र आफूले सहयोग गर्ने पनि बताएका छन्।