ओखलढुङ्गाका केही स्थानमा ३ हजार भन्दा बढी बिरुवा वितरण

दियो पोस्ट  

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका र चम्पादेबी गाउँपालिकाका केही वडामा फलफुलको बिरुवा वितरण गरिएको छ ।

आज बिहान आँप, लिची, कागती, अम्बा लगाएतका बिरुवा वितरण गरिएको हो । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण दाहाल, कुमार लुइँटेलको सहयोगमा ३ हजार भन्दा बढी बिरुवा वितरण भएको थियो ।

सुनकोशी र चम्पादेबी आँपको पकेट क्षेत्र भएको हुनाले कृषकहरूलाई विभिन्न किसिमका बोट बिरुवा वितरण गरिएको हो । यस्ता विभिन्न  फलफुलका बोट–बिरुवा वितरणले त्यहाँका कृषकहरूले पनि सहजता महसुस गरेका छन् ।

सुनकोसी गाउँपालिकाका १ र २ चम्पादेबी गाउँपालिकाका १ र २ मा यति ठूलो सहयोग आउदा कृषकले राहत महसुस गरेको छ्न् । लायन्स अफ ओखलढुंगाको सौजन्यमा सहयोग प्राप्त बिरुवाको लागत करिब ५० लाख रुपैँया बराबरकाे बिरुवा रहेकाे श्रोतको दाबी छ ।