विमानस्थलबाट बरामद करिब सय केजी सुन तौलिने तयारी

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट बरामद भएको करिब सय केजी सुन आजदेखि नै राष्ट्र बैंकले सुन जोख्न सुरु गरेको छ ।