काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको स्रोतले जनाएको हाे ।
राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरेका थिए ।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ।
प्रतिनिधि सभा बैठक भदौ ३ र राष्ट्रिय सभा बैठक भदौ ५ का लागि बोलाइएको छ।