लायन्स क्लवद्धारा ओखलढुङगामा शैक्षिक सामाग्री वितरण

दियोपोस्ट संवाददाता

ओखलढुङगा । लायन्स अफ नेपाल ओखलढुङगाका पदाधिकारीले ओखलढुङगाको सिद्धिचरण नगरपालिका–१ स्थित तलुवाको एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

भौगोलिक अवस्थाले विकट रहेको तिनपिप्ले आधारभुत विद्यालय करिब ६० जना विद्यार्थीलाई कपी वितरण गरिएको लायन्स अफ ओखलढुङगाका कुमार लुईटेलले बताए । नेपाली कांग्रेसका नेता वालकृष्ण दाहाल र कुमार लुईटेलको पहलमा उक्त सहयोग प्राप्त गरेको विद्यालयले प्रष्ट पारेको छ ।

लायन्स अफ ओखलढुङगा जिल्लामा बाढी पहिरो, आगलागी, कोभिड माहामारी हुँदा गाउँगाउँमा राहत सामाग्री वितरणमा निकै क्रियाशिल रहने गरेको कारण जनतामा विश्वास जागेको दावी लायन्सको छ । ओखलढुङगाका सामाजिक क्षेत्रमा सक्रिय कांग्रेसका नेता बालकृष्ण दाहाल, कुमार लुईटेल, संगिता तामाङ, कोपिला खतिवडा, विशाल खतिवडा लगायतले जिल्लामा करिब ३० विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको बुझिएको छ ।

 

 

सम्बन्धित खबर

सिफारिस