सन्दीपविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित, ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

दियो पोस्ट  

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको कसुर लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’की आमाको जन्ममिति २ खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन् ।,

बलात्कार पीडित भनिएकी नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि उक्त जन्ममिति प्रमाणि गर्न भन्दै न्यायाधीश खतिवडाले आदेश दिएका छन् । २०५३ सालको जन्ममिति भएको अवस्थामा नाबालिग रहेकै बेला पीडित भनिएकी बालिकाको जन्म भएको देखिएपछि आमाको जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।