काभ्रे प्रशासन विदेशिलाई नागरिकता बेच्ने, ‘अखडा’

सुन तस्कर दावासँगै चार विदेशीले नागरिकता लिएको खुलासा

दियो पोस्ट  

काठमाडौं । विमानस्थल बाहिर बाट बरामत गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भन्ने दावा छिरिङँसगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशिले एकैपटक नागरिकता लिएको खुलेको छ ।

प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी पक्ररणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चारजना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो । दावाले नागरिकता बनाएकै दिन वि.सं. २०७४ पुस २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए ।

नको नागरिकता नम्बर ११८६५ हो । दावा र पासाङको बुवाको नाम पेमा तामाङ राखिएको छ भने ठेगाना नमोबुद्ध ११ राखिएको छ । यिनै दुई जना दावा र पासाङले कर्मचारीको सेटिङ्गमा अनुसूची गायव बनाएर अभिलेख राखेर नागरिकता लिएका हुन् ।

प्रहरीकोे सीआईबीले सुन तस्करीकै अनुसन्धानको क्रममा दावासँग सम्बन्ध भएको थप चारजना चिनियाँ नागरिक पक्राउ परेसँगै काभ्रेबाट राहदानी लिएको खुलासा भएको हो । पासाङको राहदानी नम्बर १०७४२५१७ हो । उनको राहदानी २०७४ माघ ११ गते विहीबार जारी भएको हो ।

आजको नेपाल सामचारपत्र पत्रिकामा खबर छ ।