सुन तस्करी प्रकरण : थप २ जना चिनियाँ नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलो सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा याओ पुचेङ्ग र ली वेन सुङ्ग रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो।

उनीहरु हालसम्म पक्राउ परेकामध्ये सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।