महालक्ष्मी गार्मेन्टद्धारा न्यायाधीश खतिवडाको निर्णयविरुद्ध संवैधानिक परिषद्मा उजुरी

दियोपोस्ट संवाददाता

काठमाडौं । सर्वोच्च अदालका न्यायाधीश ईश्वरप्रसाद खतिवडासहितको इजलासको निर्णयविरुद्ध महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजका प्रोपाइटर बृजगोपाल इनानीले संवैधानिका अध्यक्ष प्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष उजुरी गरेका छन् । यस अघि उद्योगी इनानीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि २०७९ कात्तिक २९ गते न्यायाधीश खतिवडाको निर्णयविरुद्ध उजुरी निवेदन दिएका थिए । इनानीका अनुसार २०७९ असोज ३० मा सर्वोच्चका न्यायाधीश खतिवडासहितको बेन्चबाट आफ्ना रिटहरु खारेज गरिएका थिए ।

उद्योगी इनानी सबै रिट(मुद्दा)को २०७९ असोज ३० मा न्यायाधीश खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । ऋृण असुली न्यायाधीशकरणले महालक्ष्मी गार्मेन्ट्स इन्डस्ट्रिज प्रालिका प्रोपाइजर (इनानीको काठमाडौंका विभिन्न ठाउँका जग्गा (काठमाडौं डाँछी ९ख, थली, मूलपानी कि.नं. ७० र कि.नं.१५६ को जम्मा १८६ आना १ पैसा, काठमाडौं का.म न.पा २(क) हाल वडा १३ कालिमाटी, ताहाचलको सोल्टीमोड ग्रान्ड होटलअगाडि कि.न ३७४, ३७३, ३७२ र ८९ को जग्गा भवन साबिक क्षेत्रफ ३० आना ३ दाम र काठमाडौं, का.म न.पा वडां नं.२२ टेवहाल नेपाल एयरलाइन्स भवन न्यूरोड र न्यूरोडगेटसँगै स्थित कि.नं. ६४७ र ६४८ को २ आना ३ पैसा २ मा घर –जग्गा)लाई एकदमै न्युन मूल्य तथा मालपोतको रजिस्टे«सन न्यूनतम मूल्य समेत अनुशरण नगरी मात्र १३ करोड ४५ लाख सात हजार आठ सय ७५ कायम गरी लिलामी गर्ने २०७१ साल पुस १७ गते प्रकाशित गरेको लिलामी सूचना एकलौटी र कसैको सम्पत्ती जबर्जस्ती हडप्ने तरिकाले गरिएको भन्दै त्यसका विरुद्ध सर्वाेच्च अदालत पुगेका थिए ।

इनानीले न्यायाधीकरणको लिलामीसम्बन्धी सूचनाविरुद्ध संसद्को सार्वजनिक लेखा समितिलगायतका विभिन्न निकायमा उजुरी गरेका थिए । लेखा समितिले विभिन्न मितिमा लिलामीसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्ने न्यायाधीकरण अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्रचार गरे पनि अटेर गरी लिलामी गरेको थियो । सो लिलामी विरुद्ध इनानी अदालत गएका थिए ।

आजको आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस