काठमाडौं । सरकारी स्वामित्व रहेका नेपालका तीनवटा वाणिज्य बैंहरुले भदौ महिनामा ब्याजदर बढाएका छन् । सरकारको ब्याजदर घटाउँदै लैजाने नीतिविरीत सरकारी ‘क’ श्रेणीका तीन वाणिज्य बैंकहरुले संगठितरुपमा ब्याजदर बढाएर सरकारको नीति फेल गराउन लागेको पाइएको हो ।
सरकारी नीतिअनुसार निजी क्षेत्रका लगानीका बैंकहरुले ब्याजदर घटाउनेदेखि स्थिर रहने नीति लिइरहँदा सरकारी स्वामित्वका बैंकले नै संगठितरुपमा ब्याजदर बढाएर सरकार तथा विशेषगरी अर्थमन्त्रीलाई नै फेल गराउन लागेका छन् । आफ्नो घोषित नीतिविपरीत सरकारी स्वामित्वका बैंकहरुले ब्याजदर बढाएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर स्पष्टीकरण सोधेका छन् ।
आजको आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा खबर छ ।