धरानपछि काठमाडौंको पालो !

दियोपोस्ट संवाददाता

काठमाडौं । पहिलो मनसुनसँगै सुरु भएको डेंगी संक्रमणको जोखिम थप तीन महिनासम्म रहने आकलन गरिएको छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कात्तिकसम्म डेंगी संक्रमण रहने आकलन गरेको हो । इपिडिमियोलोजी महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले पानी पर्ने क्रम जारी रहेकाले कात्तिकसम्म डेंगीको जोखिम रहने आकलन गरिएको बताए । सुनसरीको धरान र आसपासमा ज्यानै लिने गरी डेंगी संक्रमण फैलिए पनि अन्यत्र जोखिमपूर्ण अवस्था नआएको उनको भनाइ छ ।

जेठयता डेंगी संक्रमणको कारण मृत्यु भएका १२ जनामध्य धरानमा मात्र ११ जना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मृत्यु हुनेमा सबै भन्दा बढी धरानका छन् । त्यहाँ जोखिम कम भए पनि संक्रमण धेरैलाई भएको र कतिपय उपचाररत रहेको बताइएको छ । देशभरिमा हालसम्म १६ जना हजार २६७ जनामा डेंगी संक्रमण भइसकेको महाशाखाको तथ्यांक छ । सबै भन्दा सुनसरीमा ८ हजार ४५२ जना, त्यसपछि मोरङमा १ हजार ८७७ जना, धादिङमा १ हजार ७५७, झापामा ९२६ जना, काठमाडौंमा ३९० जनामा संक्रमण देखिएको छ ।

तथ्यांकअनुसार हालसम्म चार जिल्लामा ५०० सय भन्दा बढी संक्रमित भेटिएका छन् । संक्रमण भने ७७ जिल्लामै फैलिएका महाशाखाको भनाइ छ । प्रभावित क्षेत्र पहिचान गरी सरकारले सबै प्रदेश र जिल्लासँग समन्वय गरी उपचारजन्य र जनचेतनाजन्य कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमसँगै सबै स्थानीय तहले डेंगी लामखुट्टेको बासस्थान खोज र नष्ट अभियान जारी राखेको कीजन्य रोग शाखाका प्रमुख डा.दाहालले बताए ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस