काठमाडौं । सुन तरुकरी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउन देखि संसद् अवरुद्ध गरिरहेको एमालेले उच्चस्तरीय आयोग गठन नभएसम्म अवरोध जारी राख्ने अडानमा छ ।
एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यसबीचमा धेरै बैठकमा सहभागि भएका छन् । उनको हरेक बैठकमा संसद् अवरोधसम्बन्धी आफ्नो अडान राख्दै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सभामुख देवराज घिमिरेले यसबिचमा विभिन्न समयमा आयोजना गरेको बैठकमा ओलीले अवरोध खुलाउन मानेका छैनन् । प्रधानमन्त्री र सभामुखले यसबिचमा धेरैपटक बैठक एवं छलफल गर्दै अवरुद्ध संसद् खुलाउन मनाउने प्रयास जारी नै राखेका छन् । तर ओली टसका मस भएका छैनन् । आफुहरुको माग सम्बोधन नभएसम्म जारी संसद अवरोध नै राख्न एमाले सांसदलाई उनले निर्देशन दिएका छन् । जसको चौतर्फी आलोचनासमेत भइरहेको छ । एमालेबाहेका प्राय : सबै दलले एमालेको संसद् अवरोधको आलोचना गरिरहेका छन् ।
संसद् अवरोध गर्ने एमाले अध्यक्ष ओलीको यस कार्यशैलीको विरोध अन्य दलका साथै एमालेभित्रबाट समेत भइरहेको छ ।संसदीय दलका उपनेता समेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेवाङले संसद् अवरोध नियमसंगत नभएको बताइसकेका छन् ।
आजको राजधानी दैनिक पत्रिकामा खबर छ ।