लम्पी स्किनबाट १३ लाख गााईवस्तु संक्रमित

किसानको जीवनपद्धतिसँग जोडिएको विषयमा राज्य उदासीन

दियो पोस्ट  

काठमाडौं । यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन । लम्पी स्किन रोगका कारण गाईगोरु थला परेपछि किसानले समयमा धान रोपाईसमेत सिध्याउन सकेनन् ।

पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखापरेको लम्पी स्किन रोगको संक्रमण मुलुकभरि फैलिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार पाचँ महिनाको अवधि संक्रमित पशु संख्या १३ लाख ५ हजार ३ सय ६१ पुगेको छ । अझै पनि १ लाख ७५ हजार ५ सय ५३ रहेको छ । किसानको जीवनपद्धतिसँग गाँसिएका पशु बिरामी हुँदा पनि राज्य भने गम्भिर हुन सकेको छैन भने राज्य संयन्त्र पनि पशु मरेको त हो नि भनेर उदासीन हुने गरेको किसानको आरोप छ ।

यद्यपि, अहिलेसम्म उपचारपश्चात् निको भएको पशुको संंख्या भने १० लाख ८२ हजार १ सय ५९ पुगेको छ । हाल सक्रिय संक्रमणबाट ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेको छ । ती पशुको मृत्युबाट किसानको करोडौै नोक्सानी भएको छ । एउटा पशुको मूल्य नै ५० हजार भन्दा बढी पर्ने र अन्य कृषि उत्पादनसँग जोडिने भएकाले किसान मर्माहत भएका छन् । अधिंकाश कृषकको पशु बिमा नभएका कारणले पनि पीडा भएको हो । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार हालसम्म आयात भएको खोप मात्र १२ लाख ६९ हजार डोज पुगेको छ ।

हालसम्म ६ लाख ८६ हजार ४ सय ५० पशुमा मात्र खोप लगाइसकिएको छ । गाई, भौंसी, गोरु, राँगो, बाछाबाच्छी, पाडापाडीलागायतमा लाग्ने यो रोग मनाङ र मुस्ताङमा भने खासै असर नगरेका कारण सो क्षेत्रमा नियन्त्रणमा आइसकेको छ । यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएकोमा पछिल्लो जानकारी अनुसार यो रोग पहाडी जिल्लामा क्रमशः घट्दो क्रममा रहेको र मधेस तथा बागमती प्रदेशका केही जिल्ला तराईका जिल्लामा यो रोगको संक्रमण देखापरिरहेको छ । राष्ट्रव्यापी रुपमा बृहत खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोगविरुद्धको खोप निशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिरहेको मन्त्रालयका तपेन्द्रप्रसाद बोहराले बताए ।

आजको राजधानी दैनिक पत्रिकामा खबर छ ।