संविधान मिचेर थापालाई मत

दियो पोस्ट  

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इसाइल मन्सुरीसहित ४७ सांसदको समर्थनमा विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री थापाले मागेको विश्वासको मत सम्बन्धी प्रास्तवलाई सभाध्यक्ष मन्सुरीसहित गरी ४७ सांसदले समर्थन गरे । सभाध्यक्ष सांसदले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई आफ्नो मत दिए । सभामा उपस्थित कुल सदस्या संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएको हुन् । मन्सुरीले मत विभाजन गरिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । विश्वासको मत पाएपछि मुख्यमन्त्री थापाले उपसभामुख सिर्जना दनुवार भागेको कारण यो परिस्थिति आएको बताए ।

उनले आफुहरुले कोशी प्रदेशसभालाई बचाउने प्रयास गरेको बताए । कोशी प्रदेशसभालाई बचाउन हामीले यस्तो गरेका हौं थापाले भने, प्रदेशसभालाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन सकिँदैन । यसैगरी नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधान विपरीत सभालाई समेत मत विभाजनमा सहभागी गराएको आरोप लगाए । उनले यसको कानुनी र राजनीति उपचर खोज्ने बताए । कोशी प्रदेशसभा अहिले सभामुखविहीन छ । सत्ता गठबन्धनले बहुमत पु¥याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि सभामुख विहीन बनेको हो । सोमबारको बैंठक अघि उपसभामुख सिर्जना दनुवार उपचारको लागि भन्दै काठमाडौं गएकी थिइन् । उनी पनि अनुपस्थित रहेको कारण मन्सुरीले प्रदेशसभा बैठकको अध्यक्षता मन्सुरीले गरेकी हुन् ।

आजको कारोबार पत्रिकामा खबर छ ।

सिफारिस