धरहरा उद्घाटनको २ वर्ष बित्यो, निर्माण अझै अपूरो

०७५ असोज १४ मा बनाउन थालिए पनि निर्माण नसकिएपछि ५ पटक म्याद थप

दियो पोस्ट  

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ सालमै हतारहतार उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । निर्माणको भौतिक प्रगति ८५ मात्रै छ, जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद मात्रै ५ पटक थपिएको छ ।

सुरुको ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ थियो । पछिल्लो पटक आगामी असोज मसान्तसम्मलाई म्याद थपिए पनि सकिने छाँट भने छैन । ६–६ महिनाको दरले म्याद थप गर्दै आए पनि काम नसकिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवस)ले जनाएको छ । यसको ठेक्का जीआईईटीसी रमण जेभीले लिएका हुन् । जसको ठेक्का ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ छ । अहिलेसम्म २ अर्ब ६८ करोड ८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । ०७८ वैशाख ११ मै उद्घाटन भइसकेको भनिएको धरहरा सर्वसाधारणका लागि अझै खुल्ला भएको छैन । त्यसैले धरहरा चढ्न नपाएका सर्वसाधारणले सडकबाटै हेर्ने र फोटो खिचेर चित्त बुझाउने गरेका छन् । धुमधामले उद्घाटन गर्दा समग्र आयोजनाको ४२ प्रतिशत मात्र प्रगति थियो ।

आजको कान्तिपुरमा खबर छ ।

सिफारिस