नेपाल र खनालबीच वैचारिक मतभेद

अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनमाथि खनालको प्रतिवाद प्रधान राजनीतिक अन्तविरोध, जबजको औचित्य र गठबन्धन तथा मोर्चाको विषयमा फरक मत

दियो पोस्ट  

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधव कुमार र नेता झलनाथ खनालबीच महत्वपूर्ण राजनीतिक विषयमा फरक मत देखिएको छ । मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठका अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै खनालले प्रधान राजनीतिक अन्तरविरोध, जनताको बहुदलीय जनवाद(जबज)को औचित्य र गठबन्धन तथा मोर्चाको विषयमा फरक धारणा राखेका हुन् । दुई वर्षपछि एमालेबाट विभाजित एकीकृत समाजको संगठनात्मक रुपमा कमजोर देखिएको अवस्थामा प्रमुख दुई शीर्ष नेताबीच महत्वपूर्ण सैद्धान्तिक विषयमा मतभेद देखिएको हो । ‘ मुख्य रुपमा अध्यक्षयको प्रतिवेदनमा तीनवटा विषयमा फरका धारणा रहेको थियो,’ केन्द्रीय सदस्य अशेष घिमिरेले भने,‘ प्रधान अन्तरविरोध, जबज र मोर्चाको विषयमा फरका धारणा देखियो ।’

बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको २३ पृष्ठमा झन्डै ८ हजार ४ सय शब्दको राजनीतिक प्रतिवेदनमाथि खनालले टिप्पणी गर्दै आफ्नो फरक मत रहेको र महाधिवेशनसम्म पुग्दासमम विचारको पक्षमा एकीकृत धारणा पुग्न नसके पार्टी र आन्दोलन संकटमा पर्ने चेतावनीसमेत दिएका थिए । ‘ अध्यक्षको विषयमा मेरो केही फरक मत छन् । यसलाई छलफल गरेर महाधिवेशनसम्म ठीक निष्कर्षमा पुगौं । नपुगे हाम्रो पार्टी बन्दैन र वाम आन्दोलन पनि सकंटमा पर्छ,’ खनालले बैठकमा भने । एकीकृत समाजवादीले मध्यमाघमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ । तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा महाधिवेशनको मिति र तयारीको विषयमा एजेन्डा छ ।

बैठकममा खनालले अध्यक्ष नेपालले भनेको धारणा मान्नैपर्छ भन्ने नरहेको बताएका थिए । ‘ मैले भनेको कुरा अध्यक्षले मान्नै पर्छ भन्ने छैन र अध्यक्षले भनेको कुरा मैले मान्नै पर्छ भन्ने छैन,’ खनालले आफ्नो धारणा राख्न सुरु गर्दै भनेका थिए, यस विषयमा सार्वभौम केन्द्रीय कमिटीमा छलफल गरौं र ठीक निष्कर्षमा पुगौं ।

प्रधान सामजिक अन्तरविरोध बाह्य नभए आन्तरिक भएकामा अध्यक्ष नेपाल र खनाल एकै मत देखिए पनि राजनीतिक अन्तर विरोध र त्यसको पात्र के हो भन्ने विषयमा फरक धारणा रहेको छ । ‘तीन प्रकारका आधारभूत अन्तरविरोध मध्ये बाह्य अन्तरविरोध प्रधान रहेको अवस्था अहिले होइन,’ अध्यक्षको प्रतिवेदनमा छ, ‘त्यसैले आन्तरिक आधारभूत अन्तरविरोध अर्थात् दलाल नोकरशाही पुँजीपति वर्ग र आम नेपाली समाजको प्रधान अन्तरविरोध हो ।’ अध्यक्ष नेपालले प्रतिवेदनमा प्रमुख अन्तरविरोधका पात्रबारे भने उल्लेख गरेका छैनन् । दलाल नोेकरशाही पुँजीपति वर्गको हितमा काम गर्ने प्रतिनिधि कुनै एउटा राजनीति दलमा मात्र नभएर विभिन्न दल र संगठनमा हुनसक्छन् । यसका अनेक गुट अनेक दलमा हुन सक्छन्,‘ अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ,’ त्यसैले कुनै एउटा राजनीतिक दललाई दलाल नोकरीशाही पुँजीपति वर्गको राजनीतिक प्रतिनिधि घोषणा गर्नु र उक्त राजनीतिक दलसँग आम नेपाली जनताको अन्तरविरोध वर्तमान नेपाली सामजको प्रधान राजनीतिका अन्तरविरोध हो भन्नु उपयुक्त हुँदैन ।’

अध्यक्ष नेपालको धारणालाई खण्डन गर्दै खनालले प्रधान राजनीतिक अन्तरविरोधको पात्र किटान नगर्दा शक्ति छरिने बताए । ‘योसँग पनि त्योसँग पनि अन्तरविरोध छ भन्दा शक्ति छरिन्छ र त्यसले निष्र्कषमा पु¥याउन सक्दैन,’ खनालले बैठकमा भने,‘ यो प्रतिवेदनमा धेरै अन्तरविरोधको विषयमा कुरा गरिएको छ तर स्पष्ट रुपमा कुन/कुन पात्र हो भनिएको छैन । ’खनालले मंगलबारको बैठकमा कांग्रेस दक्षिपन्थी शक्ति रहेको भन्दै त्यसैसँग मुख्य प्रतिद्धन्द्धिता रहेको बताएका छन् । ‘यस बेला नेपाल समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी दल समूहहरुको मुख्य प्रतिद्धन्द्धी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रुपमा रहेको कांग्रेसबाहेका अरु कुनै पनि हुन सक्दैन,’ खनालले भने,‘तर अन्य अधिकांश वामपन्थी समूहरु ठीक यही बिन्दुमा पुगिरहेका छन् । उनीहरु मुख्य मोर्चा प्रतिद्धन्द्धी शक्तिसँग गठबन्धन, कार्यगत एकता र मोर्चा बनाउँदै सत्ताको चुस्की लिइरहेका छन् ।’

आजको कान्तिपुर पत्रिकामा खबर छ ।