बुद्धनगर क्षेत्रमा भैँसीको आतङ्क

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको बुद्धनगर क्षेत्रमा भैँसीले आतङ्क मच्चाएको छ । अहिले बुद्धनगरको ज्ञाननिकेत स्कुल भित्र भैँसी छिरेको प्रहरीले जनाएको छ ।

ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार  गरेका छन् ।

वन अधिकृत अशोक पराजुलीले डार्ट सफल भएको बताए ।

हार्टको प्रहार पछि भैंसी लठ्ठीएर बेहोस् हुने र त्यसपछि नियन्त्रणमा लिइने पराजुलीले जानकारी दिएका छन ।

भैँसीले अहिलेसम्म कुनै क्षति भने पुर्‍याएको छैन ।