काठमाडौंमा कहिले आउला रेल ?

दियोपोस्ट संवाददाता

काठमाडौं । बढ्दो सवारी चाप । ट्राफिक व्यवस्था अस्तव्यस्त । घरबाट निस्केर निर्धारित समयमा गन्तव्यमा पुग्न कठिन । सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जामम फस्नुपर्ने बाध्यता ।

यो समस्या समाधान गर्ने भन्दै राजनीतिक दलहरुले काठमाडौं उपत्यकामा मोनोरेल र मेट्रोरेलको सपना बाँडन थाले । रेलको योजना अधि सार्न थालेको पनि करिब दुई दशक पुग्न थालेको छ । २०६२ सालको राजनीतिका परिवर्तनपछि दलहरुले चुवानी घोषणापत्रमा ‘रेलको हावादारी गफ’ दिन सुरु गरेको थियो । सन् २०११ उपत्यकामा रेलको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययनबाट पाँच रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखियो । तर त्यो प्रतिवेदन दराजमा थन्किएको छ । रेलमार्ग निमार्ण प्रगति शून्य छ ।

अहिले फेरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा मेट्रोरेल चलाउने प्रस्ताव अघि सारेका छन् । रुसले रेल बनाइदिने आशा देखाए पछि पूर्वाधारमन्त्री ज्वालाले नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सघाउन अनुरोध गरेका छन् । रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभज भोलोडिन नेपाल भ्रमणमा आउने पूर्वसन्ध्यामा मन्त्री ज्वालाले यस्तो प्रस्ताव गरेको हुन् । रुस रेल बनाउन विश्वभर प्रख्यात रहेकोले सहयोग मागिएको भौतिका पूर्वाधार मन्त्रालयले जानएको छ ।

रुस मेट्रो रेलमा ‘पायोनियर’ भएकाले राजदूतसँग मेट्रो रेल निमार्णबारे छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘हामीले मेट्रो रेल बनाउनुपर्छ भन्ने कुरा राखेका छा्रैं,’ शर्माले भने उहाँँहरुले (रुस) सकारात्मक देखिनुभएको छ ।’ यसअघि गरिएका प्रारभिक अध्ययनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन सक्ने सचिव शर्माले बताए ।

सन् २०११ मा सरकाले कोरियन परामर्शदाता कम्पनीबाट गराएको पूर्वसभ्भाव्यता अध्ययनले पाँचवटा रुटमा रेल सञ्चालन गर्न सकिने देखाएको थियो । जसअनुसार पहिलो रुट सातदोबाटो– पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटि–महाराजगन्ज हुँदै नाराणगोपाल चोकसम्म दोस्रो रुट कलंकी–कालीमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म, तेस्रो रुट चक्रपथ, चौथो भूमिगत रुट स्वयम्भू–छाउनी –बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म र पाँचौं रुट धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँ बजार हुँदै गोंगबुसम्म हुनेछ ।

त्यसपछि जापानी सहयोग नियोग (जाइका) ले सन् २०१७ मा गरेको प्रारम्भिक अध्ययनले पनि दुइ लाइनमा मेट्रो रेल चलाउन सकिने देखाएको थियो । नारायण गोपाल चोकदेखि साट दोबाटोसम्म उत्तर–दक्षिण लाइन र विमानस्थलदेखि कलंकीसम्म पूर्व–पश्चिम लाइनको मेट्रो रेल सञ्चालन गर्न सकिने अध्ययनको निष्कर्ष थियो ।

विदेशी कम्पनीले दिएको प्रतिवेदनलाई आधार बनाएर लगानी बोर्डले गरेको थप अध्ययनले पनि मेट्रो रेल सञ्चालन गर्न सकिने देखाएको थियो । लगानी बोर्डको अध्ययन प्रतिवेदनमा कोटेश्वर–कंलकी लाइनको मेट्रो विस्तार गरेर धुलिखेल पु¥याउन सकिने उल्लेख छ । त्यस्तै नारायणगोपाल चोकदेखि सातदोबाटो सम्म मेट्रो रेल विस्तार गरेर बुढानिलकण्ठ काठमाडौं–तराई फास्ट ट्रयाक बिन्दुमा पु¥याउन सकिने अध्ययनले देखाएको थियो ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस