कर्मचारी नेताको सधैंको रजगज

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले प्रमुख चार दलनिकट कर्मचारी संघ–संगठनलाई सिंहदरबारनजिकै अति महत्वपूर्ण र व्यवस्त स्थानमा एकएक रोपनी जग्गा उपलब्ध गराएको छ । त्यस जग्गामा नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन तथा मधेश केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चले साढे ४ तलासम्मको भवन भाडामा लगाएर महिनामै लाख रुपैयाँ भन्दा बढी उठाउने गरेका छन् । तिनै संगठन सरकारलाई एक रुपैयाँ पनि राजश्व बुझाउँदैनन् ।

झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन मन्त्रिपरिषद्ले २०६८ असार १ गते एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन तथा तराई मधेसकेन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चलाई एकएक रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो भने २०७१ सालमा डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला तत्कालीन मन्त्रिपरिषद्ले नेकपा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनलाई सिहंदरबार नजिकैको ७ आना १ पैसा जग्गा उपलब्ध गराएको थियो । मन्त्रिपरिषद्ले जग्गा उपलब्ध गराउने निर्णय गर्दा मिति तोकिएको थिएन । माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि राउतका अनुसार कर्मचारी संघ–संगठनको अस्तित्व रहेसम्म भोगाधिकार कायम रहने गरी सरकारले जग्गा उपलब्ध गराएको हो । कर्मचारी संघ–संगठन अस्तित्वमा नभएपछि मात्र जग्गा स्वतः सरकारको हुनेछ,’ उनले भने ।

आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर

सिफारिस