जताततै पानी तर छैन खाने पानी

मेलम्चीमा ३० वर्षमा ५२ अर्ब सकियो, अझै ४ अर्ब लााग्ने

दियो पोस्ट  

काठमाडौं । बर्खायामसँगै बाढीपहिरोको जोखिमका कारण असार पहिलो सातादेखि मेलम्ची खानेपानी बन्द हुँदा उपत्यकामा खाने पानीको संकट गरिरहेको छ । अकासे पानी, खोलानालाको बाढी र अव्यवस्थित निकासाले राजधानीमा अहिले पानी यत्रतत्र रहे पनि खानेपानीका लागि राजधानीवासी काकाकुल बन्न बाध्य छन् । यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंसँग जोडेरै सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तो स्थिति छ –वाटर वाटर एभ्रिह्वेवयर एन्ड ना अ ड्रप टु ड्रिडक ( ‘पानी पानी जतातै पानी, पिउन एक थोपा छैन’) ।

मेलम्चीमा सम्बद्ध अधिकारीका अनुसार बर्षाको भेल रबगेर आउने गेग्रानले हेडवक्र्समा क्षति पु¥याउन सक्ने भएकाले पानीको सुरुङ बन्द गरिएको हो । खानेपानीको कुल भाग ४७ करोड लिटर रहेको उपत्यकाले बर्खायाममा मात्र २२ करोड लिटर खानेपानी पाउँछन् । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएर) ले बर्खायामाको अन्डरग्राउन्ड र भूसंतहको दुवै गरी दैनिका २१/२२ करोड लिटर सुन्दरीजल लगायत क्षेत्रबाट थप साढे ५ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ ।

मेलम्ची तीन दशकको कथा

काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्नकै लागि तीन दशक लामो प्रतीक्षा गरे । जसोतसो पहिलो पटक २०७७ चैतमा उपत्यकावासीको धारामा मेलम्चीको पानी आएको हो । तर यो लामो प्रतीक्षामा रहेको उपत्यकावासीले मेलम्चीको पानी अझै पनि बाह््रैमास उपयोग गर्न पाइरहेका छैनन् । २०७८ असार र साउनमा मेलम्चीमा आएको बाढीपहिरो सो आयोजनको हेडवर्स(बाँध) क्षेत्रमा ठुलो नोक्सान पु¥यायो । जसकारण अहिले पनि मेलम्चीको पानी हिँउदयाममा केही महिना मात्रै आउने गरेको छ भने बर्खायाममा पनि बाढीपहिरो जोखिमका कारण पानी नियमित रुपमा ल्याउन सकिएको छैन ।

आजको नागरिक दैनिकमा खबर छ ।