दाङका सिडियो सुशील वैद्य फरार प्रतिवादी

दियोपोस्ट संवाददाता

काठमाडौं । सिआईबीले दाङका सिडिओ सुशील वैद्यलाई पनि प्रतिवादी बनाउन आफ्नो प्रतिवदेनमा उल्लेख गरेको छ । ०७० मा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआईबीको निष्कर्ष छ ।

अनुसन्धानको क्रममा सिआईबीले उनको बयान भने लिएको छैन । बहालमै रहेको सिडिओलार्ई फरार प्रतिवादी बनाइएको छ । एक करोड ८ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दयार गर्न सिआइबीको सिफारिस छ ।

वैद्यसमेत संगठित भई अपराधिक समूहको स्थापना गरी समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएका भन्दै सिआईबीले उनलाई प्रतिवादी बनाएको हो । उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रुपमा प्रस्तुत गरिएको छ । आफुविरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबर

सिफारिस