दावासँग ‘सम्बन्ध’ रहेको नेपाली खोज्न सिआइबीको अरुचि

दियो पोस्ट  

काठमाडौं । राजश्व अनुसन्धान विभागले गत २१ साउनमा सुन तस्करीको छानबीन र अनुसन्धान गर्ने जिम्मेबारी सिआइबीलाई सुम्यिए पनि त्यसयता यो तस्करी संलग्नहरुको थप जालो पत्ता लागाउने तर्फ सिआईबीको भुमिका निकै सुस्त देखिएको छ ।

सिआइबीले अनुसन्धान गर्ने जिम्मेवारी पाएको २० दिन पुगिसक्दा समेत उसको अनुसन्धानको सूई सुन तस्करीका पक्राउ परेको चिनियाँमूलक बेल्जियम नागरिक दावा छिरिङभन्दा माथि पुग्न सकेको छैन । दावासँग ‘सम्बन्ध’ देखिएका नेपाली नागरिकलाई छानबिन गर्ने तर्फ सिआईबीको रुचि नदेखिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार राजनीतिक दबाब र प्रभावका कारण सिआईबीलाई सुन तस्करी प्रकरणको छानबीनलाई गति दिन कठिन भइरहेको छ । यही माथिको दवाबले र प्रभावका कारण सिआइबीले दावाको कल डिटेल्स र इलेक्ट्रिक डिभाइसका बारेमा सूक्ष्म अनुसन्धान गरि दावासँग सम्बन्ध देखिएका नेपालीहरुको बारेमा छानबीन गर्न कुनै रुचि नदेखाएको स्रोतको दाबी छ । स्रोतका अनुसार चिनियाँ, भारतीय र नेपाली गरि तीनवटा समूहसँग दावाको सम्बन्ध देखिए पनि सिआइबीको अनुसन्धानको तारो भने चिनियाँ समूहमा मात्रै सिमित भएको देखिएको छ ।

सिआइबीले राजश्व अनुसन्धान विभागबाट छानबीनको जिम्मेवारी पाएको २० दिनको अवधिमा ६ जना चिनियाँलाई मात्रै पक्राउ गरेको छ । तर दावासँग नियमित कनेक्सनमा रहेका र उनको सम्र्पकमा रहेका अन्य नेपालीलाई सिआइबीले केही गर्न सकेको छैन । स्रोतका अनुसार दावाको कलडिटेल्सलार्य निश्पक्षतापुर्वक र कुनै दाबाव विना नै अध्ययन गर्ने हो भने केही नेपाली उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरु समेत छानबीनको दायरामा आउने निश्चित छ । तर सिआइबीलाई परेको ‘माथिको दबाव का कारण उसले दावाको कलडिटेल्समा दावासँग गहिरो सम्बन्ध देखिएका उच्च व्यक्तित्वहरुलाई छानबीनको दायारमा ल्याउएर पक्राउ गर्ने हिम्मत गर्न सकेको छैन ।

गृहस्रोतका अनुसार दावाको कलडिटेल्सका बारेमा प्रधामन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिआइबीसँग अस्वाभाविक चासो देखाइरहनु भएको छ । ‘ उहाँहरुको चासोका कारण पनि सिआइबी केही त्रसित जस्तो देखिएको छ ।’ गृहस्रोतले नेपाल समाचारपत्रसँग भन्यो । केही दिन अघि मात्रै चिनियाँ मूलका बेल्जिम नागरिक रहेका सुन तस्कर महानिर्देशक झलकराम अधिकारीको वीच्याट मार्फत व्यवसायिक ‘डिल’ भएको तथ्य बाहिरिएको थियो ।

आजको समाचारपत्र पत्रिकामा खबर छ ।